+
+

सीटीईभीटीले खुलायो निःशुल्क तालिम, कसरी दिने आवेदन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते ११:३८

२२ फागुन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा युवाहरुलाई निःशुल्क तालीम दिने भएको छ । कुल ६० जना युवाले व्यवहारिक तालिम प्राप्त गर्ने परिषद्ले जनाएको छ ।

परिषद्को बागमती प्रदेश कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा यस्तो तालिम सञ्चालन हुने भएको छ ।

२२ फागुनदेखि ६ चैतसम्म तालिमका लागि आवेदन दिन सकिने भएको छ । परिषद्ले मोबाइल फोन रिपेयर टेक्निसियनमा २० जना, कम्प्युटर हार्डवेयर टेक्निसियनमा २० जना र प्रोफेसनल प्लम्बरमा २० जनाले तालिम निःशुल्क पाउने भएका छन् । यस्तो तालिम क्रमशः ३९०, ३९० र १६९६ घण्टा अवधिको हुने छ । साधारण लेखपढ गर्न जान्नेले तालिममा भाग लिन सक्ने छन् । दैनिक ६ घण्टासम्म पढाइने भएको छ । अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने भएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?