+
+

नेपालले यूएईविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते ११:३१

२२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

खेल दुबई इन्टरनेशनल स्टेडियममा पौने १२ बजे सुरु हुनेछ ।

नेपाली टोलीमा आजको खेलमा एक जना सदस्य परिवर्तन गरिएको छ ।

घाइते हुँदै टिम बाहिर रहेका ओपनर कुशल भुर्तेलको स्थानमा युवा फास्ट बलर प्रतिश जिसी पहिलो रोजाइमा खेल्नेछन् ।

प्रतिशले शृङ्खलाको पहिलो खेलमा पुवा न्युगिनीविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए ।

लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।

यदि आजको खेलमा पराजित भए नेपाल शीर्ष तीनमा पुग्ने छैन ।

नेपालको प्लेइङ ११ः

ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?