
२३ फागुन, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा तीन सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख २ हजार ५००, तेजाबी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन गत आइतबार छापावाल सुनको मूल्य एक लाख २ हजार ८०० र तेजावी सुनको मूल्य एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १२ सय ७५ रुपयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4