+
+

परियोजना कार्यान्वयन गर्न एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १९:५५

२३ फागुन, काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजना कार्यान्वयन गर्न जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको छ ।

एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजना अन्तर्गत तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो । यो आयोजना अमेरिकी अनुदान सहयोगमा सञ्चालन हुँदैछ ।

एमसीए नेपालले मंगलबार जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको छ । यी जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको टावर निर्माण प्रयोजनका लागि आवश्यक जग्गा प्राप्त गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले २३ वैशाख २०७६ मा निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न समितिले सूचना प्रकाशित गर्दै जग्गा प्राप्तिको प्रक्रिया थालेको जनाएको छ ।

तीन दिनपछि टोली खटिने

आयोजनाका अनुसार सूचना प्रकाशित भएको तीन दिन पछि यी जिल्लाको तोकिएको क्षेत्रको जग्गा नापजाँच गर्न टोली खटिने भएको छ । जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनाका लागि यी टोली खटिने भएका हुन् ।

तीन वटा जिल्ला मध्येमा तनहुँमा ११ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकबाट प्रारम्भिक कारबाही समेत सुरु गरेको आयोजनाले जनाएको छ । तनहुँमा रातमाटेदेखि दमौली प्रसारणलाइन खण्डमा जग्गा प्राप्ति सुरु गरिएको छ । जसमा हालको आँबुखैरेनी, बन्दीपुर, व्यास, ऋषिङ र घिरिङ पर्छन् ।

धादिङमा भने १४ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकबाट प्रारम्भिक काम अगाडि बढाउने निर्णय गरेको थियो । धादिङमा रातमाटेदेखि नयाँ हेटौंडा प्रसारणलाइनमा जग्गा प्राप्ति प्रक्रिया सुरु भएको हो । जसमा गल्छी, थाक्रे, नीलकण्ठ, सिद्धलेक, गजुरी, बेनीघाट रोराङमा प्रसारणलाइन बन्ने छ ।

पाल्पा जिल्लामा १२ फागुनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकले काम सुरु गर्ने निर्णय गरेको थियो । यहाँ नयाँ बुटवलदेखि नयाँ दमौली प्रसारणलाइनका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको हो । जसमा रामपुर र निस्दी पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?