+
+

आईएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १८:०७

काठमाडौं । आईएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार ईपीएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन ‘आईएमई पे’ ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखले श्रम बजारमा देखिएका समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ । सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आईएमई पे बाट भुक्तानी गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?