
२३ फागुन, काठमाडौं । घरेलु मैदानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को अन्तिम शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । जसमा युएईमा भर्खरै सम्पन्न लिग टु खेलेका खेलाडीले नै निरन्तरता पाएका छन् ।
युएई गएकामध्ये सन्दिप जोरा, श्याम ढकाल, अर्जुन साउद र कमलसिंह ऐरी रिजर्भमा छन् ।
यही फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, युएई र पपुवा न्युगिनीबीच शृखंला हुनेछ ।
लिग टुको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा चारवटै खेल जित्नुपर्नेछ भने ओडीआई मान्यता जोगाउन दुई खेल जित्नुपर्नेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, सोमपाल कामी, गुलसन झा, भीम शार्की, ललित राजवंशी ।
रिजर्भ : सन्दिप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी, अर्जुन साउद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4