+
+

अन्नपूर्ण केबलकारले घटायो भाडा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते ११:१०

२४ फागुन, काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारले भाडा घटाएको छ । अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउन छुटको घोषणा गरेको जनाएको छ । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केबलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।

यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जानकारी दिए । कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सय रुपैयाँ मात्रै तिरे पुग्छ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो । अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५० रुपैयाँ मात्रै कायम गरिएको कम्पनीले जनाएको छ ।

विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ । विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ ।

साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सयमात्रै कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?