+
+

नारी दिवसमा इसेवाको अफर : महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १२:५८

काठमाडौं । इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर अन्तर्गत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवासँग सहकार्य (इन्ट्रिगेसन) गर्दा इन्ट्रिगेसन शुल्क लाग्ने छैन । यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेसनको शुल्क लाग्नेछैन ।

यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ । यसैगरी नारी दिवसको दिन नारीहरुले इसेवा मार्फत एनटीसी तथा एनसेल मोबाइलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ । यसका लागि टपअप गर्दा प्रोमोकोड नारी प्रयोग गर्नुपर्नेछ । देशको आधा जनसंख्या ओगटेका नारीहरूको सम्मानमा इसेवाले यस किसिमको छुुट सुविधा ल्याएको हो ।

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?