+
+

होलीमा उछृङ्खल गतिविधि गरेको आरोपमा पर्सामा १४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १५:३५

२४ फागुन, वीरगञ्ज । होलीमा अमर्यादित र उछृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले पर्साबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।

होली पर्व शान्तिपूर्ण एवं मर्यादित ढंगले मनाउनुपर्नेमा त्यसको विपरीत गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होली नखेल्नेहरुलाई रंग, लोला हान्ने, अभद्र व्यवहार गर्नेलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

होली पर्वको नामा उछृङ्खल गतिविधि गरेर शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने कार्यमा संलग्न १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ‘होली पर्व शान्तिपूर्वक मर्यादित ढंगले मनाउनुपर्ने हो, तर उछृंखल गतिविधि गरेर शान्ति सुरक्षामा खलल पु¥याएकोले उनीहरुलाई नियन्त्रणमा लिएका हौं’ उनले भने ।

डीएसपी गिरीका अनुसार होली खेल्ने बहानामा हो–हल्ला गर्ने, अशान्ति मच्चाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, जबर्जस्ती रंग दल्न खोज्ने, प्रहरीसँग वाद विवाद गर्ने, ट्राफिक नियम उलंघन गरेर सवारी चलाउनेलाई नियन्त्रणमा लिइएको छ ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रहरीले पर्सामा चेकजाँच र गस्ती बढाएको छ । होली पर्व दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले चेकजाँच र गस्ती बढाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनले भने, ‘सरप्राइज चेकिङ, मोटरसाइकल र मोबाइल गस्तीलाई बढाएका छौं, सादा पोशाकमा पनि प्रहरी परिचालित छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?