+
+

सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, भोलि सौराहामा विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १६:३१

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन जाँदैछन् । ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?