+
+
Shares

बेचविखनको जोखिममा परेका दुई जनाको वीरगञ्जबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १७:२८

२४ फागुन, वीरगञ्ज । बेचबिखनको जोखिममा परेका दुई जना महिलाको वीरगञ्जबाट उद्धार गरिएको छ । मानव बेचबिखन नियन्त्रणका लागि काम गर्दै आएको संस्था आफन्त नेपालले दुई जनाको उद्धार गरेको हो ।

सर्लाही घर भएकी १४ वर्षीया बालिका र सुनसरीको धरान बस्ने २६ वर्षीया महिलाको उद्धार गरिएको आफन्त नेपाल वीरगञ्जकी प्रमुख सुनिता सापकोटाले जानकारी दिइन् ।

२६ वर्षीया युवती लागु औषध सेवन गरेर बेवारिसे अवस्थामा सीमा नाका क्षेत्रमा फागुन २१ गते भेटिएकी थिइन् भने १२ वर्षीया बालिकालाई आमाको समेत सहमति लिएर दुई जना भारतीय नागरिकले हरियाणा लैजाने तयारी गरेका थिए ।

दुवै जनालाई अस्थायी आवास गृहमा राखेर सम्झाइ बुझाइ गरेर प्रहरीको रोहबरमा अभिभावकको जिम्मा लगाएको सापकोटाले बताइन् । ‘युवतीले नियमित रुपमा लागु औषध प्रयोग गर्ने गरेकी रहिछन्, अस्थायी आवास गृहमा राख्न पनि निकै गाह्रो भयो । बुवाले किनिदिएको स्कुटर समेत बेचेर लागु औषध खरिद गरेर सेवन गरेकी रहिछन्’ उनले भनिन् ‘नशामा लठ्ठ भएको बेलामा उनलाई जसले पनि भारत पुर्‍याएर बेच्न सक्ने स्थिति थियो ।’

१२ वर्षकी बालिकालाई आमाले नै भारतीय नागरिकहरुको साथ लगाएर पठाएको पाइएको उनले बताईन् । ‘परिवारमा ४ जना छोरी छोरी रहेछन् । तराई मधेशको समाजमा छोरीको विवाह गर्ने कार्य निकै खर्चिलो छ’, उनले भनिन्, ‘बुवाले नचिनेको मान्छेसँग छोरी पठाउन हुन्न भन्दापनि आमाले नमानेर छोरी पठाएकी रहिछन्, हामीले नाकामा रोकेर सोधपुछ गर्दा आफन्तको विवाहमा जान लागेको भनेर बताइन्, शंकास्पद लागेपछि रोकेर थप सोधपुछ गर्दा उनीहरुसँग राम्रो चिनजान नै रहेनछ ।’

संस्थाले सन् २०२३ मा वीरगञ्ज नाका हुँदै जोखिमयुक्त तरिकाले भारततर्फ जान लागेका २२ जना महिलाको उद्धार गरिसकेको छ ।

प्रहरीले महिलाको उद्धारसँगै दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जाहेरी नपरेकोले उनीहरु विरुद्ध मुद्धा चलिसकेको छैन । अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले पक्राउ परेका भारतीय नागरिकहरुको पहिचान गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

‘न कुनै नाता, न कुनै सम्बन्ध, १४ वर्षीया बालिकालाई नचिनेको मान्छेको जिम्मा लगाएर पठाएका रहेछन्’, उनले भने, ‘नन्दको श्रीमान हो भनेपनि पुष्टी गर्ने कुनै आधार छैन, बालिकालाई अभिभावकले बुझेर लगिसकेका छन् । उनीहरु विरुद्ध जाहेरी परिसकेको छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?