+
+

साढे २ महिनापछि गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान पुन: सुरु

सातामा तीन दिन नियमित उडान गर्ने तयारी

टोपराज शर्मा टोपराज शर्मा
२०७९ फागुन २५ गते ८:५०

२५ फागुन, बुटवल । साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ ।

कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।

जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनबाट उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेको थियो ।

यसअघि जजिराले फेब्रुअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिए पनि उडान भएको थिएन ।

अन्तर्राष्ट्रिय उडान रोकिंदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा भएको ४० अर्ब बढी लगानीले प्रतिफल पाउन नसकेको भन्दै व्यवसायीहरु चिन्तित बनेका थिए ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुन: सञ्चालन गराउन जिल्लाका सांसदले प्रतिनिधि सभा वैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।

एउटा एयरलाइन्सको हप्ताको तीनवटा मात्र उडानले विमानस्थल दीगो रुपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका हुन् ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा महिनाको ३० लाखसम्म घाटा हुने गरेको प्रवक्ता झाले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?