+
+

प्रचण्डप्रति योगेश भट्टराईको टिप्पणी : गाडी छोडेर हिँड्नुभो, प्यासेन्जरलाई दुःख दिनुभो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १०:५१

२५ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः एमालेतिरै फर्किने बताएका छन् ।

राष्ट्रपति निर्वाचनमा भाग लिन संसद भवन पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने बताएका हुन् ।

प्रचण्डले सहयात्री दललाई दुःख दिएको टिप्पणी गर्दै भट्टराईले भने, ‘प्यासेन्जरलाई दुःख दिनुभो, गाडी छोडेर हिँड्नुभो ।’

प्रचण्ड फेरि एमालेतिरै फर्किने विश्वास व्यक्त गर्दै उनले भने, ‘ फर्किंदै आउनुहोला फेरि हेरौं । कता जानुहोला र ! आउने ठाउँ छ, जाने ठाउँ छैन ।’

राष्ट्रपति निर्वाचनको उम्मेदवार चयनमा विवाद हुँदा प्रचण्ड कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा उभिएर आठ दलीय गठबन्धन बनाएपछि एमाले रुष्ट । एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?