+
+

राष्ट्रपतिमा प्रचण्डजीले मलाई प्रस्ताव गर्नुभयो, मैले कांग्रेसलाई दिऊ भनें : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ११:३९

२५ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्ने क्रममा सबै राजनीतिक दलसामु प्रधानमन्त्री प्रचण्डले आफ्नो नाम प्रस्ताव गरेको तर आफूले कांग्रेसलाई दिऊ भनेको बताए ।

राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रतिकि्रया दिंदै उनले भने, ‘प्रचण्डजीले मेरो नाम प्रस्ताव गर्नुभएकै हो सबै पार्टीको सामुमा । मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?