+

कसरी सफा गर्ने महिनावारी कप ?

२०७९ फागुन  २५ गते १५:१६ २०७९ फागुन २५ गते १५:१६
कसरी सफा गर्ने महिनावारी कप ?

महिनावारीको समयमा अहिले महिनावारी कपले धेरै महिलालाई सहज बनाइदिएको छ । यसको प्रयोग गर्ने तरिका मात्रै होइन सफाइ गर्ने प्रक्रियालाई पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ ।

महिनावारी कपको ‘सेराइल मेन्टेन’ गर्नुपर्ने हुन्छ । सेराइल भनेको कीटाणुरहित बनाउने प्रक्रिया हो । सफा पानीमा डेटोल वा स्लोभन पानी राखेर वा तातो पानीमा मात्रै पनि डुबाउँदा यो कीटाणुरहित हुन्छ । त्यसपछि यसको पुनः प्रयोग गर्न सकिन्छ ।

एउटै महिनावरी कप पटकपटक प्रयोग गर्न सकिन्छ ?

एकपटक लगाएको महिनावारी कपलाई लामो समयसम्म प्रयोग गर्नुहुँदैन । कम्तीमा ४ देखि ६ घण्टाको अन्तरालमा कप फेर्नुपर्ने हुन्छ । यो महिनावारी कपमा मात्र होइन, स्यानिटरी प्याड, पुनः प्रयोग गर्न मिल्ने प्याडमा यो नियम लागु हुन्छ । पूरै दिन महिनावारी कपको प्रयोग लगातार गर्नुहुँदैन ।

महिनावारीको कपको समय-समयमा परिवर्तन नगरे ब्याक्टेरियाको संक्रमण हुन्छ । यसले शरीरमा ठूलै हानि पनि गर्न सक्छ ।

कतिबेला सफा गर्ने ?

रगत भरिएपछि महिनावारी कपलाई निकाल्नुपर्छ । त्यसपछि तातोपानीमा डुबाइदिने, त्यसपछि स्लोभन, डेटल वा एन्टिसेप्टिक समाधान राखेर कपलाई आधा घण्टा डुबाएर राख्नुपर्छ । त्यसपछि निकालेर ड्राइ (सुख्खा) भइसकेपछि लगाउनुपर्छ ।

यसलाई सादा पानीले मात्र पखाल्दा सफा हुँदैन । सफा पानीमा पनि कीटाणु हुन सक्छ, त्यसैले कीटाणुरहित हुनेगरी सफा गर्नुपर्छ ।

कपलाई साबुनले पनि धुन सकिन्छ । तर साबुनको गुणस्तर सबैलाई थाहा नहुने भएकाले एन्टिसेप्टिक समाधान नै उत्तम हुन्छ ।

महिनावारी कपको माध्यमले संक्रमणको जोखिम कति ?

महिनावारीको समयमा प्रयोग गरिने प्रायः साधन जोखिमयुक्त नै हुन्छन् । तर पनि स्यानिटरी प्याडको तुलनामा महिनावारी कप अलि बढी जोखिमपूर्ण हुन्छ । महिनावारी कपमा रगत भरिने भएकाले यसले छिटो संक्रमण गर्न सक्छ ।

यसलाई हातैले लगाउनुपर्ने भएकाले त्यहाँबाट पनि संक्रमण सर्ने सम्भावना हुन्छ । त्यसैले राम्ररी हात धोएर मात्रै महिनावारी कप लगाउनुपर्छ ।

प्रयोगपछि कसरी राख्ने ?

महिनावारी कप प्रयोग गरिसकेपछि तातोपानीमा एन्टिसेप्टिक राखेर त्यसमा ३० मिनेट त्यत्तिकै छाड्ने । त्यसलाई निकालेर सुख्खा बनाएर कपडा वा कुनै सफा झोलामा राखेर अरु व्यक्तिको हात नपर्ने र फोहोर नहुने ठाउँमा राख्नुपर्छ ।

कति वर्षसम्म महिनावारी कप प्रयोग गर्न सकिन्छ ?

सरसफाइमा ध्यान दिए एउटै महिनावारी कप पुनः प्रयोग गरिरहन सकिन्छ । तर एकपटक खरिद गरेको कप बढीमा एक वर्षसम्म प्रयोग गर्नु उपयुक्त हुन्छ । किनकि धेरै प्रयोग गरिसकेपछि यसले शरीरमा संक्रमण हुन सक्छ ।

महिनावारी कप
लेखक
डा. गरिमा श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?