+
+

राष्ट्रपति चुनावको निर्वाचन आयोगले गर्‍यो अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १६:५७

२५ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ ।

आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो ।

सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको बताए । उनले भने, ‘निर्वाचनमा स्थलगत अवलोकन र अनुगमनका क्रममा निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी र पत्रकारसँग कुराकानी गरेका थियौँ । समग्रमा राम्रो वातावरणमा निर्वाचन सम्पन्न भएको पायौँ।’

यसअघिका स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगको टोलीले अनुगमन गर्दै आएको थियो। राष्ट्रपति निर्वाचनमा पहिलो पटक आयोगले अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रदेशसभातर्फका सांसदहरुको गुनासो आएको अनुगमन टोलीका संयोजक ठाकुरले जानकारी दिए।

उनले प्रदेशसभातर्फका सदस्यले मतदान गर्न काठमाडौँ धाउँदा खर्चसँगै जनताको काम ओझेलमा परेको गुनासो आएको बताए । ‘प्रदेशतर्फको सांसदहरुले प्रदेशमा नै मतदान गर्न पाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रपतिलगत्तै उपराष्ट्रपतिको मतदानका लागि काठमाडौँ धाउनुपर्दा नागरिकको काम ओझेलमा परेको र स्वयं सदस्यलाई आर्थिक भार र समय बढी व्यतित भएको उहाँहरुको गुनासो छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?