+
+

ब्ल्याकपिंक बन्यो ८ अर्ब पटक स्पटीफाइमा सुनिने पहिलो ब्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १७:३२

काठमाडौं । दक्षिण कोरियाको गर्ल्स ब्याण्ड ब्ल्याकपिंक लोकप्रिय अडियो स्ट्रिमिङ सेवा स्पटीफाइमा विश्वमा सबैभन्दा बढी सुनिने ब्याण्ड बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबारसम्म यो ब्याण्डलाई ८.८ बिलियन (८ अर्ब ८ करोड) पटक सुनिएको छ ।

ब्याण्डका चर्चित गीतहरुले उनीहरुलाई यस्तो सफलता दिलाएको जनाइएको छ । जसमा शीर्ष तीन सूचीमा ‘हाउ यु लाइक द्याट’लाई ७४६ मिलियन पटक सुनिएको छ । ‘किल दिस लभ’लाई ६७२ मिलियन, ‘डु डु डु’लाई ५७४ मिलियन पटक सुनिएको छ ।

वाईजी इन्टरटेनमेन्टले बनाएको ब्ल्याकपिंक लोकप्रिय दक्षिण कोरियाली युवती ब्याण्ड हो । सन् २०१६ मा गठन भएको चार सदस्यीय ब्याण्डको संगीत शैली पप, हिप–हप र इलेक्ट्रोनिक नृत्य संगीतको फ्युजन हो । उनीहरु आकर्षक बीट, शक्तिशाली भोकल र सशक्त प्रस्तुतिका लागि परिचित छन् ।

अन्तर्राष्ट्रिय सफलता हासिल गर्दै यो ब्याण्ड लोकप्रिय युवती ब्याण्ड समूह बनेको छ । युट्युबमा पनि यो ब्याण्डका गीतले अर्बौं भ्युज बटुलेका छन् । संगीतको अतिरिक्त ब्ल्याकपिंकले तिनीहरूको फेसन र शैलीको लागि पनि चर्चा बटुलेको छ । ब्याण्डका सदस्यले धेरै अन्तर्राष्ट्रिय कलाकार र ब्राण्डसँग सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?