+
+

बिमस्टेकको १९औं मन्त्रिस्तरीय बैठक सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १८:४३

२५ फागुन, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १९औँ मन्त्रिस्तरीय बैठक आज थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए ।

परराष्ट्रमन्त्री रिक्त रहेका कारण बिमस्टेकको उच्च अधिकारीहरूको बैठकमा समेत सहभागी भएको परराष्ट्र सचिव पौड्याल मन्त्रिस्तरीय बैठकमा समेत सहभागी भएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले जलवायु परिवर्तन, ऊर्जा सङ्कट, खाद्यान्न असुरक्षा र ठूला महामारीजस्ता वर्तमान समयका परिभाषित चुनौतिहरूको सामना गर्न अर्थपूर्ण क्षेत्रीय सहयोगका लागि आह्वान गरे ।

सन् २०१८ मा काठमाडौंमा भएको चौथो बिमस्टेक शिखर सम्मेलनको स्मरण गर्दै परराष्ट्र सचिव पौड्यालले बिमस्टेकको संस्थागत निर्माणलाई उच्च प्राथमिकतामा राखेर बङ्गालको खाडी क्षेत्रलाई थप लचिलो, समृद्ध र दिगो बनाउन सचेत, भरपर्दो र ठोस पहल गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

परराष्ट्र सचिवले नेपालले नेतृत्व गरिरहेको ‘जनता–जनता सम्पर्क’ क्षेत्रमा भएको प्रगतिबारे पनि जानकारी गराएका थिए । उनले बिमस्टेक क्षेत्रका सांसद, उद्यमी, विश्वविद्यालय र अनुसन्धानकर्ताका लागि जनता–जनताको संलग्नताका लागि बिमस्टेक क्षेत्रमा फोरम निर्माण गर्ने प्रयासबारे पनि बैठकलाई जानकारी गराए ।

बैठकले बिमस्टेक बैंकक भिजन २०३०, सामुद्रिक यातायात सहयोग सम्झौता, बिमस्टेक संयन्त्रका लागि कार्यविधि नियम, प्रबुद्ध व्यक्ति समूहका लागि सन्दर्भ सर्तहरू, ब्लू इकोनोमीको समावेश, पर्वतीय अर्थतन्त्र र गरिबी पुनर्विलोकन अन्तर्गत विभिन्न महत्वपूर्ण दस्तावेजहरूलाई अनुमोदन गरेको छ । साथै, बिमस्टेक सहयोगका क्षेत्रहरू÷उप–क्षेत्रहरू गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै बिमस्टेकको २४औँ मन्त्रीस्तरीय बैठक नोभेम्बर २०२३ मा थाइल्याण्डमा छैटौं बिमस्टेक शिखर सम्मेलनको पूर्वाधारको रूपमा आयोजना गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?