+
+

भ्वाइस किड्स सिजन २ आजदेखि, प्रमोद खरेल भन्छन्- बच्चाहरु अझ खुलेका छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १४:४२
फाइल तस्वीर

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’को प्रसारण आज (शुक्रबार) बेलुकादेखि हुँदैछ । हिमालय टेलिभिजनमा बेलुका ८ बजेदेखि दर्शकले भ्वाइस अफ नेपालको बाल संस्करण हेर्न पाउनेछन् । पूर्वसन्ध्यामा पहिलो साताको एपिसोड प्रिमियर पनि गरियो, जहाँ दर्शकले यसलाई मीठो प्रतिक्रिया दिए ।

गायक प्रमोद खरेल भ्वाइस किड्स र भ्वाइस अफ नेपाल दुवै शोका कोच रहँदै आएका छन् । किड्सको दोस्रो सिजनमा पनि खरेल चारमध्येका एक कोच हुन् । दोस्रो सिजनको संरचना, बाल मनोविज्ञान र किड कोचिङमा कस्ता भिन्नता हुन्छन् भन्नेबारेमा खरेलले अनलाइनखबरसँग संक्षिप्त कुरा गरेका छन् ।

दोस्रो सिजन अघिल्लोभन्दा कुन अर्थमा भिन्न छ ? 

दोस्रो सिजनमा ट्यालेन्टसँगको कुराकानी, ह्युमर फ्याक्टर, निर्देशकीय क्षमतासहित अरु सकारात्मक र रमाइला पार्ट बढी हुनेछन् । दर्शकले बच्चाको क्षमतासँग अझै बढी रमाइलो गर्नुहुन्छ होला । अझै बढी खुलेका छन् बच्चाहरु । हेर्दाखेरि रमाइलो लाग्छ । एकदमै ट्यालेन्ट बच्चाहरु तयारी गरेर प्रतिस्पर्धामा आएका छन् ।

भ्वाइस अफ नेपाल र किड्स शोको कोचिङमा कस्तो भिन्नता पाउनुभयो ?

अवश्य पनि फरक हुन्छन् । ठूलाहरु स्वभाविक रुपमा परिपक्व हुन्छन् । बच्चाको आनीबानी र मनोवैज्ञानिक पक्षलाई समेत ख्याल गर्नुपर्छ । सानो-सानो कुराले बच्चालाई हर्ट हुन्छ । सानो कुराले बच्चालाई मोटिभेसन हुन्छ । संगीत मात्र होइन बच्चालाई अरु धेरै कुरा सिकाउन सकिन्छ । जति सानो भयो, त्यति सिकाउन सजिलो हुन्छ । छिटो पनि हुन्छ र उनीहरुले सजिलै सिक्छन् पनि । उनीहरुसँग सीमित समय हुन्छ । ठूलोहरुले मज्जाले टाइम लिन्छन् । तर बच्चाले लामो समय गर्छु भनेर सक्दैनन् । अभिभावकले लिएर आउनुपर्छ र टेक केयरको कुरा हुन्छ ।

रियालिटी शोले बच्चाको सांगीतिक विकासमा कसरी मद्दत गरेका छन् ?

रियालिटी शोहरु बच्चालाई प्रतिभा प्रस्तुत गर्न अवसर दिने प्लेटफर्म हुन् । चाहेर पनि कला देखाउन नपाएकालाई देखाउन दिने ठाउँ हो यो । हामीले प्लेटफर्म दिने हो जहाँ हरेक ट्यालेन्टले क्षमता देखाउन सकुन् ।

भ्वाइस अफ नेपाल र भ्वाइस किड्सको संरचनामा केही भिन्नता हुन्छ कि ?

सबै कुरा भ्वाइसकै संरचनामा हुन्छ । किड्समा एक-दुईवटा राउण्ड कम हुन्छन् । ठूलोको एपिसोड लामो हुन्छ भने बच्चाको एपिसोड छोटो हुन्छ । बच्चाको पढाइ र हेरचाहको कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?