+
+

उपराष्ट्रपतिमा जसपाकै प्रमिला कुमारीको पनि उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १३:५६
उम्मेदवारी दर्ता गराएपछि प्रमिला कुमारी । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

२७ फागुन, काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । तर राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरु सार्वजनिक भएका छन् ।

कतिपयले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने धारणा राखेका छन् । सोही कारण जसपाले राम सहाय यादव र प्रमिला कुमारी गरी महिला र पुरुष दुबै उम्मेदवार खडा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?