
२८ फागुन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको समूह ए को अन्तिम खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग खेल्दैछ ।
नेपाल र नर्दन मारियाना आइल्याण्डसँग फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानिय समय अनुसार दिउँसो तीन बजे सुरु हुनेछ । आजको खेल बराबरी खेले पनि नेपाल दोस्रो चरणमा छनोट हुनेछ ।
नेपालले पहिलो खेलमा घरेलु टोली प्यालेस्टाईनलाई ६-० ले पराजित गरेको थियो ।
नर्दन मारियाना आइल्याण्डभने प्यालेस्टाईनसँग ३-१ ले पराजित भएको थियो ।
समूह विजेता बन्ने टोली मात्र दोस्रो चरणमा प्रवेश गर्नेछ ।
छनोटको पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ८ समूहको विजेता (८ टोली ) दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
दोस्रो चरणमा ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।
सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।
नेपाली टोली
गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी
डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4