+
+

रक्सी खाएर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित, अरु ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १०:०७
रक्सीले मातेका प्रहरी जवान सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर सवारी चेक गर्दै ।

२८ फागुन, जनकपुरधाम । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक संजालमा सार्वजनिक भएको थियो ।

सो घटना पश्चात प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।

भिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए ।

उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?