+
+
Shares

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १२:३०

२८ फागुन, काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओ निष्कासनका लागि नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आइतबार आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले सर्वसाधारणका लागि ११ फागुनदेखि १५ फागुनसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६९ हजार ७६५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएकोमा १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गर्दा १६ हजार ९७६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। जसमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात् कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?