+
+

१ खर्ब ३३ अर्ब पुग्यो शोधनान्तर बचत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १२:५८

२८ फागुन, काठमाडौं । आयातमा संकुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सुरुको दुई महिना साउन र भदौमा घाटामा रहेको शोधनान्तर स्थिति असोजपछि भने लगातार बचतमा रहेको छ । आर्थिक वर्षको ७ महिना सकिंदा माघमा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्षको ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो । पुस मसान्तमा ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै थप ३६ अर्ब ११ करोडले वृद्धि भएको हो । अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब १ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

शोधनान्तर स्थितिमा मात्रै नभई चालु आर्थिक वर्षमा चालु खाता घाटमा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ७ महिनामा ४ खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालु आर्थिक वर्षको माघ मसान्तमा आउँदा २९ अर्ब ६४ करोडले मात्रै घाटामा रहेको छ ।

व्यापार घाटामा १८.७ प्रतिशतले घटेको र रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि हुँदा त्यसको प्रभाव शोधनान्तर स्थित र चालु खातामा देखिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?