+
+

नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते ८:२९

२९ फागुन, काठमाडौं । नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटको समूह ‘बी’ अन्तर्गत आइतबार नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्पछि नेपाल समूश विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ ।

नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई दुई गोल गरिन् भने सरस्वती हमाल र जेनिफर रानाले समान एक गोल गरिन् ।

पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल मात्र गरेको थियो ।

जितपछि नेपालले समूह ‘बी’ दुवै खेल जित्दै ६ अंक जोड्दै अपराजित रहेर दोस्रो चरणमा पुगेको हो ।

नेपालले पहिलो खेलमा घरेलु टोली प्यालेस्टाइनलाई ६-० ले पराजित गरेको थियो ।

यूएईले नाम फिर्ता लिएपछि समूह बी मा तीन टिम मात्र सहभागि थियो ।

नेपालसँगै अष्ट्रेलिया, भियतनाम, म्यानमार, चीन र इरान दोस्रो चरणमा प्रवेश गरेका छन् ।

छनोटको पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ८ समूहको विजेता (८ टोली ) दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणमा ८ टिमलाई  दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको बाट उत्कृष्ट २-२  टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । दोस्रो चरणको खेल जुन ३-११ मा हुनेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सीधै छनोट भइसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?