+
+

फेला पर्‍यो संसारकै पुरानो काइँयो, मान्छेको खप्परबाट बनेको

एजेन्सी एजेन्सी
२०७९ फागुन २९ गते १०:५३

अहिलेसम्म फेला परेका प्राचीन काइँयोहरू प्रायः काठ वा धातुबाट बनेका हुन्थे । तर पुरातत्वविद्हरूले हालै एउटा यस्तो काइँयो फेला पारेका छन् जसका बारेमा थाहा पाउँदा सायद तपाईं अचम्ममा पर्नुहुन्छ । किनकि यो काइँयो मानिसको खप्परबाट बनेको छ ।

मानव खप्परबाट बनाइएको उक्त काइँयो २ हजार वर्ष पुरानो भएको खोजकर्ताहरुको दाबी छ ।

मानिसको हड्डीबाट बनेको उक्त काइँयो बेलायतको क्याम्ब्रिजशायरस्थित बार हिल गाउँमा फेला परेको हो ।

पुरातत्वविद्हरूले सो गाउँमा लगातार तीन वर्षसम्म उत्खनन् गरेका थिए । उत्खनन् कार्य सन् २०१८ मा सकिएको थियो । त्यसक्रममा विभिन्न पुरातात्विक वस्तुहरु प्राप्त भए । जो इशापूर्व ७५० देखि सन् ४३ सम्मका थिए ।

उत्खननका क्रममा फेला परेको काइँयो फलामे यूगको हो । २ इन्च लामो सो काइँयोमा करिब १ दर्जन दाँत बनाइएको छ । त्यसलाई म्यूजियम अफ लण्डन आर्कियोलोजीमा राखिएको छ । पुरातत्वविदहरुले त्यसलाई बार हिल कोम्ब नाम दिएका छन् ।

बार हिल गाउँमा भएको उत्खननबाट करिब २ लाख ८० हजार वटा प्राचीन वस्तुहरु फेला परे । ती सबै वस्तुहरुको जाँच चलिरहेको छ ।

हालसम्म उक्त काइँयोको प्रयोगका विषयमा पुरातत्वविदहरुले थप तथ्य पत्ता लगाउने कोसिस गरिरहेका छन् । सो काइँयोलाई मानिसहरुले कपाल कोर्नकै लागि प्रयोग गर्दथे कि श्रृंगारको उद्धेश्यले वा घरमा दैवी शक्तिको सुरक्षाको लागि भन्दै झुण्डाउने गर्दथे भन्ने प्रष्ट भैसकेको छैन । यो काइँयोको बीचमा एउटा गोलो छिद्र पनि छ ।

यो काइँयोका आधारमा पुरातत्वविदहरुले फलामे यूगमा मानिसहरुले मानव शरीरका अवशेषहरुलाई कसरी प्रयोग गर्दथे भन्ने कुराको आँकलन गरेका छन् । यसमा केही परम्पराहरु पनि हुन सक्दछन् । प्राचीन वस्तुहरुका जानकार माइकल मार्शलका अनुसार उक्त काइँयोको तत्कालीन फलामे यूगमा ठूलो महत्व रहेको देखिन्छ । यो स्थानीय समुदायबीच शक्तिशाली वस्तु मानिन्थ्यो होला ।

उनका अनुसार त्यस्तै काइँयोका माध्यमबाट मानिसहरुले आफ्ना दिवंगत परिवारजन तथा आफन्तको सम्झना गर्दथे होलान् । साथै मानिसहरुले प्रेतात्माबाट जोगिनका लागि यस्तो कलात्मक काइँयोलाई घरमा झुण्डाउने गरेको पनि हुन सक्दछ ।

यसअघि सन् १९७० तथा सन् २००० मा पनि क्याम्ब्रिजशायरबाटै दुईवटा काइँयोजस्तै पुरातात्विक वस्तुहरु फेला परेका थिए ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?