+
+

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १३:२५

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।

प्रर्दशनमा मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए । विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?