+
+
Shares

ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर

यस्तो छ फागुन महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १६:१९

३० माघ, काठमाडौं । पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ को ब्याजदर स्थिर छ । ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए । विगतका महिना अत्याधिक घट्दै गएको ब्याजदर पछिल्ला २ महिनादेखि घट्ने क्रम रोकिएको छ ।

समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो ।

व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ । जुन लामो अवधिका लागि हो ।

पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।

संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान गरिएको छ । पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

फागुन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर

बैंक माघको ब्याजदर % फागुनको ब्याजदर %
कृषि विकास ५.५१ ५.५१
राष्ट्रिय वाणिज्य ६ ६
नेपाल एसबीआई ५.५ ५.५
लक्ष्मी सनराइज ५.७५ ५.५
ग्लोबल आईएमई ५.७५ ६
कुमारी ५.९१ ५.९१
प्राइम कमर्सियल ६.२५ ६.२५
नेपाल ५.६ ५.६
सानिमा ६.०५ ६.०५
सिटिजन्स ५.६५ ५.६५
नबिल ५.७५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ ६ ६
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५
माछापुच्छ्रे ६ ६
प्रभु ६.१ ६.१
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
हिमालयन ६.२५ ६.२५
एभरेस्ट ६ ६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?