+
+

बैंकिङ कसुरको आरोपमा ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १३:३४

काठमाडौं । ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् ।

पाण्डे उक्त फिल्मका पूर्वनिर्माता समेत हुन् । फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर आफूलाई प्रलोभनमा पारी थापाले एक वर्षअघि उक्त रकम लगेको तर पटकपटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेकाले जाहेरी दिएको पाण्डेले बताए ।

थापाले गत माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चार वटा चेक दिएको तर साट्न जाँदा पर्याप्त मौज्दात रकम नभएकाले आफूलाई झुक्याएको उनले जनाएका छन् ।

आन्तरिक लफडाका कारण ‘प्रसाद २’ पटकपटक विवादमा पर्दै आएको छ । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म आगामी चैत २४ गते रिलिजको तयारीमा छ । फिल्मको सेन्सर रोक्न पनि आफूले सेन्सर बोर्डमा निवेदन दिएको पाण्डेले बताए । ‘प्रसाद २’का निर्देशक सुदर्शन थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?