 
																			२९ फागुन, काठमाडौं । गोरखाको गोरखा नगरपालिका–६ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।
गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको प्रदेश ३, ०१–००३ क ६१७० नम्बरको मिनी ट्रक आज दिउँसो सवा १ बजे बिसौनीमोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । सो ट्रकले बा ८६ प १७८६ नम्बर मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा जम्मा ८ जना घाइते भएकामा एक जनाको उपचारको क्रममा गोरखा अस्पतालमा १ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गोरखामै उपचार भइरहेको छ।
ट्रक सडकबाट करिब २० फिट तल खसेको छ ।
(यसअघि समाचारमा बस दुर्घटना भएको उल्लेख भएकामा सच्याइएको छ । – सं.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4