+
+

कस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले अन्तिम ऋणदाता सुविधा पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १४:१६

२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अप्ठ्यारोमा परे राष्ट्र बैंकले सापटी दिने अन्तिम ऋणदाता सुविधा सम्बन्धी नियमावली जारी गरेको छ । आइतबार जारी भएको यो नियमावलीअनुसार बैंकहरुलाई निक्षेपकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा राष्ट्र बैंकबाट सापटी दिनेछ ।

नियमावलीअनुसार आवश्यक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्था सक्षम नभएमा, बजारयोग्य सम्पत्ति नभएर दायित्व पुरा गर्न नसकेमा, ठूलो निक्षेप भुक्तानी गर्नु परेमा, ठूलो कर्जा प्रतिबद्धता भएर पुरा गर्न नसकेमा नियमावलीअनुसार केन्द्रिय बैंकले सघाउनेछ ।

यस्तै संस्थागत समस्याले बैंक तथा वित्तीय संस्था वित्तीय दायित्व पुरा गर्न असफल भएर त्यसको असर स्वस्थ संस्था धरासयाय हुने अवस्था आएमा, वित्तीय दायित्व पुरा गर्न नसकेर बैंक तथा वित्तीय संस्थामा जनताकमो अविश्वास पैदा भएमा, प्राकिृतिक प्रकोपले संस्था दायित्व पुरा गर्नबाट असमर्थ भएमा र कुनै संंस्था खारेजीमा लैजाँदा त्यसको असर अर्थ व्यवस्था, बैंक तथा वीत्तमा पर्ने अवस्था भएमा केन्द्रीय बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गर्ने छ ।

केन्द्रीय बैंककाअनुसार यस्तो सुविधा बैंकदरमा २ प्रतिशत ब्याज थप गरी उपलब्ध हुनेछ । अन्तिम ऋणदाता सुविधाअन्तर्गत लिएको पैसा ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?