+
+

सातदोबाटोको अपराजित यात्रामा थ्री स्टारको ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १९:३३
सातदोबाटोका खेलाडी । फाइल तस्वीर

२९ फागुन, काठमाडौं । थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ ।

आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको एक मात्र गोल मद्दतमा दशरथ रंगशालमा भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हरायो ।

आदित्यले ८९ औं मिनेटमा अन्जल महर्जनको कर्नरलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जारी लिगमा दोस्रो जित निकालेको थ्रीस्टार चार खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । जावलाखेल समान ७ अंक भए पनि थ्रीस्टार गोल अन्तरमा पछि रहेको छ ।

लिगमा ललितपुरे क्लबको दबदबा कायम रहँदा शीर्ष पाँचमा ललितपुरका क्लब छन् । लगातार तीन खेल जितेर उत्कृष्ट सुरुवात गरेको सातदोबाटोको भने लिगमा यो पहिलो हार हो ।

चार खेलबाट ९ अंकसहित सातदोबाटो दोस्रो स्थानमै छ । सातदोबाटोको हारपछि जारी लिगमा तीन टिम मात्र अपराजित छन् भने चर्च ब्वाइज युनाइटेड मात्रै शतप्रतिशत जित निकाल्ने एक्लो टिमको रुपमा छ । चर्च ब्वाइजसँगै त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब अपराजित छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?