+
+

चितवनको उपनिर्वाचनमा जनकराज बने जनमोर्चाको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते ६:४०

३० फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने निर्णय गर्दै उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

जनमोर्चाले उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र इसाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष केसीले बताए ।

चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनी पदमुक्त भएपछि निर्वाचन आयोगले आगामी २०८० साल वैशाख १० गते चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चाको परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध अभियान चलाउने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?