+
+

दयाहाङ राई अभिनित ‘नीरफूल’ जेठ १९ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १३:२८

काठमाडौं । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आगामी जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै महामारीका कारण हल बन्द गरेपछि रिलिज रोकिएको थियो ।

भूकम्पले बिछोडिएका एक परिवारका सदस्यहरुले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्मलाई फूलमान बलले निर्देशन गरेका हुन् । धादिङको दुर्गम रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिग्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।

म्यानमारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा हेर्न सकिने भएको छ । ‘भूकम्पपछिको भौतिक पुननिर्माणतिर त सबैको ध्यान गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धहरुको पुननिर्माणतिर कसैको ध्यान गएन,’ फिल्मको कथावस्तुबारे निर्देशक बलले भने, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरुको पुननिर्माणको कथा भन्छ ।’

फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको बलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेण्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?