+

जावलाखेललाई हराउँदै लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित

२०७९ फागुन  ३० गते १७:१३ २०७९ फागुन ३० गते १७:१३
जावलाखेललाई हराउँदै लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित

३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि राफिक अमिनुले खेलको १९ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।

त्यस्तै, कप्तान प्रकाश बुढाथोकीले ४० औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाएका थिए ।

२–० ले पछि परेको खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफनाले पेनाल्टी मार्फत गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याएका थिए ।

पहिलो गोल फर्काएपछि आक्रमक बने पनि जाउलाखेलले अर्को गोल थप्न सकेन र जारी लिगमा पहिलो पराजय भोग्यो ।

यसअघिका २ खेलमा हार र १ खेल बराबरी गरेको फ्रेन्ड्सको यो पहिलो जित हो ।

जावलाखेल युथ क्लब फ्रेण्डस् क्लब शहीद स्मारक लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय