+
+

८ महिनामा काठामाडौं महानगरको राजस्व संकलन ४३ प्रतिशत मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १३:५७

१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनामा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । महानगरपालिकाले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख राजश्व उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ मात्रै उठाएको हो ।

महानगरको राजस्व विभागका अनुसार महानगरले सबैभन्दा धेरै राजस्व संकलन मनोरन्जन करमार्फत उठाएको छ । मनोरञ्जन करमा ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले १ सय ८१ प्रतिशत अर्थात ९० लाख भन्दा धेरै राजस्व उठाएको हो ।

महानगरले रकमको आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ । महानगरले २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको घर बहाल करमा ८ महिनामा १ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको हो । जुन महानगरले उठाएको सबैभन्दा धेरै रकम हो । महानगरले सम्पत्ति करमा चालु आवमा १ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ६५ करोड रुपैयाँ उठाएको छ ।

यस्तै महानगरले नक्सापास दस्तुरबाट ४१ करोड रुपैयाँ उठाएको छ । यो शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?