+
+

मलको अनुदान कटौती निर्णय फिर्ता लिन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १६:५३

१ चैत, काठमाडौं । रासायिनक मलको अनुदान कटौती गर्ने सरकारी निर्णय फिर्ता लिन माग गर्दै किसान हकहितमा काम गर्ने संस्थाहरु आन्दोलित भएका छन् । सरकारले किसानलाई कृषिबाट पलायन गराउने नियतकासाथ मलको अनुदान कटौती गरेको उनीहरुको आरोप छ ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संघले तत्काल अनुदान कटौती फिर्ता लिन माग गरेका हुन् ।

अनुदान घटाउँदा बढेको मलको मूल्यले किसानदेखि उपभोक्तासम्मलाई असर पुर्‍याउने उनीहरुको माग छ ।

‘सरकारले कटौती गरेको अनुदानका कारण किसान थप समस्यामा पर्छन्, उत्पादन घट्दा खाद्य सुरक्षामा आँच आउने अवस्था आउने देखिन्छ,’ तीनवटै संगठनले भनेका छन्, ‘तसर्थ सरकारले तत्काल अनुदान कटौतीको निर्णय फिर्ता लियोस् अन्यथा सडक आन्दोलन गर्नु पर्ने अवस्था आउँछ ।’

सरकारलाई अनुदान सम्बन्धी निर्णय सच्याउन र त्यसो नगरिए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । ३ चैतदेखि सरकारलाई दबाबमुलक ज्ञापन पत्र बुझाउने र देशैभर आन्दोलनको तयारी गर्ने पनि तीन वटा संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?