+
+

युएईले टस जित्यो, नेपालले बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते ८:५१

२ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।

खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ ।

युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।

नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदै स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।

नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन्तरता दिने लक्ष्यमा छ ।  २८ फागुनमा युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?