+
+

नापोली पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते ८:१८

२ चैत, काठमाडौं । इटालियन क्लब नापोली पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा जर्मन क्लब एनट्राट फ्रान्कफुर्टलाई ३-० ले पराजित गर्दै नापोली समग्रमा ५-० ले विजयी भएको हो ।

घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा नापोलीको सहज जितमा भिक्टोर ओसिमहेनले दुई तथा पिटर जेलिन्स्कीले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका ओसिमहेनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

जेलिन्स्कीले ६४ औं मिनेटमा नापोलीका लागि तेस्रो गोल गरे ।

पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो ।

इटालियन सिरी ए मा शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको नापोली यस सिजन उत्कृष्ट लयमा छ ।

यस पटक इटलीबाट तीन क्लब च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यसअघि नै एसी मिलान र इन्टरले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?