+
+

‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतको फिमेल भर्सनबाट पुनरागमन गर्दै पल शाह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १२:२३
रुकुम महोत्सवमा सहभागी हुने क्रममा पल शाह

काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । रुकुममा जारी महोत्सवमा सहभागी हुन उनी बुधबार खलंगा पुगे । बहिनी रोशनीसँगै हेलिकप्टर चढेर उनी त्यहाँ पुगे । महोत्सवमा उनले गीत गाएर प्रस्तुति पनि दिए ।

हजारौं दर्शक सहभागी कार्यक्रममा पलले रुकुम आफ्ना लागि प्रिय रहेको भन्दै फ्यानको मन जित्ने प्रयास गरे । उनले जेल जीवनको अनुभव पनि बाँडे । उक्त अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको घोषणा समेत गरे ।

एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए । दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए ।

महोत्सवमा उनले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए । गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै आराम गरिरहेका छन् । निकट स्रोतका उनका अनुसार उनी केही फिल्मको तयारीमा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?