+
+

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १३:३५

२ चैत, धनगढी। कैलालीमा ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

बुधबार राति गोदावरी नगरपालिका-३ चौकिडाँडामा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?