+
+

सभामुखले बुझे सरकारी निवासको चाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १४:२४

२ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो ।

सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सरेका थिए । त्यसपछि सभामुख भएका अग्नि सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो ।

सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न चाहेनन्, बालुवाटारमै बस्ने चाहना राखे । तर, राष्ट्रिय सभाका अध्यक्षका लागि अर्को ठाउँको व्यवस्थापन नभएपछि बालुवाटारमै मुख्य सचिवका लागि तयार निवास सभामुखका लागि दिइएको हो ।

घिमिरे सभामुखमा गत माघ ५ गते निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?