+
+

क्षमता विकासका कार्यक्रम अभियानको रुपमा अगाडि बढाउन सबै स्थानीय तहलाई परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १६:३९

२ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्षमता विकासका कार्यक्रमहरु सञ्चालनका लागि देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ ।

निजामती सेवा लगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षा लगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री अमनलाल मोदीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘हरेक वर्ग र समुदायको पहुँच बढाउन महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पंख्यक, किसान, श्रमिक,उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्य लगायत शहिद, वेपत्ता, द्धन्द्ध पीडित परिवार समेतलाई लक्षित गरी अभियानका रुपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था हुन मिति २०७९/ ११/३० (मा. मन्त्रीस्तर)को निर्णयअनुसार अनुरोध छ।’

राज्यले लिएको आरक्षण तथा सकारात्मक विभेदको नीतिको प्रभावकारी कार्यान्वयनका लागि लक्षित वर्गको क्षमता विकास हुनु अपरिहार्य भएको मन्त्रालयले जनाएको छ ।

लोकसेवा आयोग तथा विभिन्न संगठित संस्थाहरुले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक परिक्षाहरुमा लक्षित वर्गबाट अपेक्षित उम्मेदवारले सफलता प्राप्त गर्न नसक्ने जस्ता प्रवृत्ति देखा परेको मन्त्रालयको बुझाइ छ ।

हेर्नुहोस् परिपत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?