+
+

जन्मदै बाङ्गो खुट्टो भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार

अनिल खत्री अनिल खत्री
२०७९ चैत ३ गते ९:०९

३ चैत, गुल्मी । जन्मदै बाङ्गो खुट्टा भएको एक बच्चाको गुल्मी जिल्ला अस्पतलामा सफल उपचार भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाडागाउँ निवासी लक्ष्मण पाण्डेको ५ महिनाको बच्चाको सफल उपचार भएको हो ।

अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. प्रदीप शिवाकोटीले आफू गुल्ली जिल्लामा आएपछि यस्तो खालको बिरामी पहिलोपटक देखेको र सफल उपचार पनि गरेको बताए ।

पाण्डे परिवार बच्चाको उपचारको लागि काठमाडौं जाने तयारीमा थियो । एकपटक जिल्ला अस्पतालमा देखाउने निर्णय गरे । यसको उपचार जिल्लामै सम्भव हुने डा. शिवाकोटीले बताए । उनले सुरुमा व्यायाम र प्लास्टर राखेर उपचार थाले । तर सामान्य बच्चाको जस्तो खुट्टा नभएपछि अपरेसन गरेको डा. शिवाकोटीले बताए ।  ‘पाँचवटा प्लास्टर लगाउँदा पनि खुट्टा नर्मल बच्चाको जस्तो नभएपछि अपरेसन गरियो,’ डा. शिवाकोटीले भने, ‘बच्चाको बाङ्गो खुट्टो अहिले सामान्य बच्चाको जस्तो ठिक भएको छ ।’

काठमाडौंबाट उपलब्ध हुने सेवा पाउँदा जिल्लामै पाउँदा अत्यन्तै खुसी भएको बच्चाका बुबा लक्ष्मण पाण्डेले बताए ।

पहिले गुल्मी जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा सामान्य विरामी हुँदा पनि बुटवल वा काठमाडौं जानुपर्ने बाध्यता थियो । तर अहिले गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेसँगै धेरै बिरामीले राहत पाएका छन् । अहिले गुल्मी अस्पतालमा एकदिनमा एक सय जना बढी हाडजोर्नीका बिरामीको चेकजाँच हुन्छ । हप्तामा दुई दिन गरी १४ वटा अपरेसन हुन्छन् ।

गुल्मी अस्पतालमा हाडजोर्नीका अझै एक दुई जना एमबिबिएस डाक्टर भएको खण्डमा धेरै सहज तरिकाले सेवा दिन सकिने डाक्टर शिवाकोटी बताउँछन् । जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । गुल्मी अस्पतालमा हाडजोर्नी र प्रसूति रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरु मात्रै छन् ।

गुल्मी अस्पताल ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । हाल आईसीयु, सर्जिकल, मेडिकल र बच्चाको उपचारको व्यवस्था गर्ने गरी ५ तलाको नयाँ भवन बन्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?