+
+

किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिलाई मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते ११:०२

३ चैत, काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् ।

‘पार्टीको आग्रह र आफ्नो मतदाताले आफूप्रति गरेको भरोसाका लागि मत दिन आएको हुँ’ मतदानअघि प्रदेश सांसद बरालले पत्रकारहरुसित भने ।

उनी गत चुनावमा कास्की ३ ( ख) बाट निर्वाचित भएका थिए । उनको बुवाको निधन भएको आठ दिन भएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?