+
+

फिल्म ‘भष्मे डन’को मुहूर्त, चैत १० गतेदेखि छायांकन सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १२:०७

काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’को स्पिन-अफ ‘भष्मे डन’लाई शुक्रबार पशुपतिनाथ मन्दिरमा मुहूर्त गरिएको छ । यो फिल्मको छायांकन चैत १० गतेदेखि सुरु हुने जानकारी निर्देशक दीपेन्द्र के खनालले दिए । ‘छायांकन सुरु गर्ने अन्तिम तयारीमा छौं र उत्साहित पनि’ निर्देशक खनालले अनलाइनखबरसँग भने ।

एक महिनासम्म पशुपति सेरोफेरोमै फिल्म छायांकन गर्ने तयारी छ । मुहूर्तमा निर्देशक खनाल, लेखक तथा निर्माता खगेन्द्र लामिछाने, कलाकारहरु बिपिन कार्की, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी उपस्थित थिए । २०७३ सालमा रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला बताइएको यो स्पिन-अफको शीर्ष भूमिकामा बिपिन छन् । ‘पशुपतिप्रसाद’मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए । श्रृंखलामा स्वस्तिमा जोडिएकी छन् ।

मुहूर्तमा उपस्थित भएकी अभिनेत्री सिवाकोटीलाई पनि फिल्ममा केमियो रोलमा देख्न पाइने जानकारी निर्देशक खनालले दिए । ‘फिल्ममा उहाँको सरप्राइज भूमिका हुनेछ’ खनालले भने । पशुपतिप्रसादमा वर्षाले शीर्ष चरित्र पशुपतिप्रसादकै लभ इन्ट्रेस्ट युवतीको पात्रमा अभिनय गरेकी थिइन् ।

भष्मे डनको निर्माणमा निर्देशक समेत रहेका खनाल र पटकथा लेखक लामिछानेले सहकार्य गर्नेछन् । सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभु पौडेल, प्रकाश दाहालजस्ता सहायक कलाकार समेत छन् । फिल्मलाई आगामी दशैं फूलपातिमा रिलिज गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?