+
+
रोजगारी :

पाँचतारे होटल सोल्टीले माग्यो कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १४:२८

३ चैत, काठमाडौं । पाँचतारे होटल सोल्टीले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । कम्पनीले मिटिङ तथा इभेन्ट म्यानेजर पदमा आवेदन माग गरेको छ ।

कम्पनीका अनुसार यस पदमा २ देखि ५ वर्षको अनुभव भएको र सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको हुनुपर्ने भएको छ । सोल्टीले ‘सेल्स म्यानेजर’ पदमा समेत आवेदन मागेको छ । सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र २ देखि ४ वर्षको अनुभव हुनुपर्ने गरी कम्पनीले शर्त तोकेको छ ।

कम्पनीले आइटी एक्जुकेटिभ/अफिसर पदमा समेत आवेदन मागेको छ । सम्बन्धित फिल्डमा ग्राजुयट गरेको र अधिकतम २ वर्षसम्मको अनुभव भएकाले यस पदमा आवेदन दिन सक्ने भएका छन् ।

कम्पनीले हाउसकिपिङ एक्जुकेटिभमा समेत आवेदन मागेको छ । कम्पनीका अनुसार सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र ४ वा ५ तारे होटलमा ३ देखि ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ । २४ मार्चसम्म ‘एचआरएटसोल्टीडटकम’मा आफ्नो सीभी इमेल गरी आवेदन दिन सकिने होटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?