+
+

हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत

रासस रासस
२०७९ चैत ३ गते १६:२४

३ चैत, गुल्मी ।  हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत मिलेको छ ।

गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार दिउँसो केही बेर परेको पानीका कारण किसानलाई रातह मिलेको हो ।

हिउँदको समयमा पानी नपर्दा किसानहरुलाई समस्या पर्ने गरेको थियो । तर यो समयमा परेको पानीले मकै छर्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ ।

गत असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ ।

यसवर्ष हिउँदमा लामो समयसम्म खडेरीका कारण खेतवारीहरु खाली रहेका छन् ।किसानले हिउँदे वालीका रुपमा तोरी, गहुँ, केराउ, मसुरो, फापर जस्ता खेती गर्ने गर्दर्थे ।

हिँउदको समयमा पानी नपर्दा किसानहरुले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफूल लगायतका वालीहरु पनि सुक्दै जान थालेका थिए ।

वर्षात नहुँदा पानीका मुहानहरु समेत सुक्ने तथा घट्दै जान थालेका थिए ।

पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?