+

ए डिभिजन लिगमा पुलिसले खोल्यो खाता

२०७९ चैत  ४ गते १८:१७ २०७९ चैत ४ गते १८:१७
ए डिभिजन लिगमा पुलिसले खोल्यो खाता

४ चैत, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभजन लिगको पाचौं चरणमा आएर अंक जोडेको छ । लगातार चार खेल हारेको पुलिसले शनिबार एनआरटीसँग १-१ को बराबरी खेल्दै १ अंक जोडेको हो ।

दशरथ रंगशालामा भएको खेलमा सञ्जीव विष्टले ६४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर ७५ औं मिनेटमा पुलिसमा प्रताप गुरुङले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि दुवै टोली रेलिगेसन जोनमै छन् । एनआरटीको यो दोस्रो बराबरी हो । एनआरटीको २ र पुलिस १ अंकका साथ क्रमश: १३ औं र १४ औं स्थानमा छ ।

नेपाल पुलिस क्लब फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय