+
+

कैलालीमा होटलबाटै आमा हराइन्, ४ र ६ वर्षका बालबालिका अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते ९:५३

५ चैत, धनगढी । कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् ।

अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले शनिबार साँझ उनीहरू दुवै बालबालिकाको होटलबाट उद्धार गरिएको जानकारी दिए ।

आमाको नाम सरिता गिरी र बुवाको नाम गणेश गिरी बताउने उनीहरु आमासँगै भारतबाट आएको खुलेको डीएसपी बरालले बताए । तर, उनीहरुलाई होटलमै छोडेर आमा कहाँ गइन् भन्ने खुलेको छैन ।

उनकाअनुसार होटलबाट उद्धार गरिएका बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ भने उनीहरुका परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?